नेप्सेमा ७६ अंकको वृद्धि, ३ अर्ब ३६ करोड बराबरको कारोबार
काठमाडौं । साताव्यापी करेक्सनपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ७६ अंक भन्दा माथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ७६.६४ अंकले बढ्दै २१ सय ७७.३४ अंकमा उक्लिएको हो ।
यस दिन कारोबार रकम समेत बढेर ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता ८९ अंकमाथिले नेप्से घट्दैगर्दा १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको १२ करोड ९२ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, न्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ९ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज चार वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ ।
१३ वटै उपसूचक धनात्मक हुँदा आज इन्भेष्टमेन्ट समूहको उपसूचक सबैभन्दा बढी ६.२५ प्रतिशतले बढेको छ ।
यस्तै, हाइड्रोपावर समूहको उपसूचक ५.३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूह र डेभपमेन्ट बैंक समूहको उपसूचक क्रमशः ५.९४ प्रतिशत र ५.०६ प्रतिशतले बढेका छन् । अन्य समूहको उपसूचक २ प्रतिशत माथिले बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण