स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा महिला पक्राउ
बुधबार, २५ माघ २०७९, १३ : २७

काठमाडौँ । स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएर काठमाडौंको सुकेधारा बस्ने मधुमाया थापा छिन् ।
३९ वर्षीया मधुमायाले स्लोभाकिया पठाउँछु भनेर ८ लाख ५० हजार ठगेको आरोप छ । पीडित लक्ष्मण शाही समेतलाई स्लोभाकियामा कृषि र फुड प्याकिङ कम्पनीमा काम लगाइदिन्छु भनेर रकम लिएर उनि सम्पर्कबिहिन भएकी थिइन् ।
आरोपीलाई पक्राउ गरेर बैदेशिक रोजगार विभागमा बुझाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?
-
नेप्से परिसूचकमा लगातार गिरावट
-
ठुलो संरचनात्मक क्रमभंगता नगरे देशलाई सङ्कटबाट बचाउन सकिँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ