स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा महिला पक्राउ
बुधबार, २५ माघ २०७९, १३ : २७
काठमाडौँ । स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएर काठमाडौंको सुकेधारा बस्ने मधुमाया थापा छिन् ।
३९ वर्षीया मधुमायाले स्लोभाकिया पठाउँछु भनेर ८ लाख ५० हजार ठगेको आरोप छ । पीडित लक्ष्मण शाही समेतलाई स्लोभाकियामा कृषि र फुड प्याकिङ कम्पनीमा काम लगाइदिन्छु भनेर रकम लिएर उनि सम्पर्कबिहिन भएकी थिइन् ।
आरोपीलाई पक्राउ गरेर बैदेशिक रोजगार विभागमा बुझाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण