अभिनेत्री करिश्माले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी
बुधबार, २५ माघ २०७९, १३ : ४५

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिका विरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी छन् । उनले डिल्लीराम खनाल नामका एक व्यक्तिले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोप लगाउँदै उजुरी दिएकी हुन् ।
‘कुनै आधार र प्रमाणबिना मलाई विभिन्न लाञ्छना लगाइन्छ भने म त्यो सहेर बस्न सक्दिन’ करिश्माले भनिन् ‘जुन युट्युबले प्रसारण गर्यो त्यसलाई भन्दा पनि बोल्नेलाई उजुरी हालेकी छु ।’ युट्युबप्रति पनि प्रेस काउन्सिलमार्फत समन्वय गर्ने उनले बताइन् ।
आफ्नो उजुरी साइबर ब्युरोका प्रहरीले सकारात्मक लिएकोले डिल्लीरामलाई कारबाही हुनेमा आफू आशावादी रहेको करिश्माले बताइन् । भनिन्, ‘म आफ्नो संसारमा खुसी छु । मेरो राजनीतिक करियर छ । जथाभाबी लाञ्छना लगाउन मिल्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुनुपर्छ : मन्त्री मोदी
-
बागमती प्रदेशमा एसईई : १ लाखभन्दा बढी विद्यार्थीका लागि ४३४ जना परीक्षा केन्द्र
-
कांग्रेसबाट पहिलो चरणमा उपसभापति खड्का सरकारमा सहभागी हुने
-
सञ्चारमाध्यमलाई ओलीको सुझाव : युट्युब र टिकटकबाट आत्तिनुपर्दैन
-
सरकारको साझा न्यूनतम कार्यक्रम : संकटोन्मुख अर्थतन्त्र जोगाउने के छ उपाय ?
-
बस सेवाले ल्यायो सुनको हार उपहार योजना, अग्रिम टिकट काट्नेलाई प्राथमिकता