‘लाल बहादुर : द स्पार्क’ मा सरोजदेखि खबपुसम्मको अभिनय
काठमाडौँ । देवजंग थापाको लेखन तथा निर्देशनमा ‘लाल बहादुर : द स्पार्क ’ नामक सिरियल निर्माण भएको छ ।
जी मिडिया कनेक्सन प्रा.लीको ब्यानरमा निर्मित सिरियलमा सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन (खबपु)को मुख्य भूमिका छ ।
२०७२ सालको विनासकारी भूइचालोले पानीको मुहान सुकपछि गाउँमा पानी ल्याउन गरिने संघर्षको कथामा निर्माण भएको सिरियल ५२ भाग निर्माण हुने निर्देशक थापाले बताए ।
प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको सिरियलमा सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको समेत अभिनय रहनेछ ।
नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरियलमा नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह–निर्देशन हुन् । सिरियल फाल्गुन पहिलो हप्ताबाट टेलिभिजनबाट प्रसारणमा आउनेछ । सिरियलको अहिले ट्रेलर सार्वजनिक भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण