शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘लाल बहादुर : द स्पार्क’ मा सरोजदेखि खबपुसम्मको अभिनय

बुधबार, २५ माघ २०७९, १६ : ५९
बुधबार, २५ माघ २०७९

काठमाडौँ । देवजंग थापाको लेखन तथा निर्देशनमा ‘लाल बहादुर : द स्पार्क ’ नामक सिरियल निर्माण भएको छ । 

जी मिडिया कनेक्सन प्रा.लीको ब्यानरमा निर्मित सिरियलमा सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन (खबपु)को मुख्य भूमिका छ । 

२०७२ सालको विनासकारी भूइचालोले पानीको मुहान सुकपछि गाउँमा पानी ल्याउन गरिने संघर्षको कथामा निर्माण भएको सिरियल ५२ भाग निर्माण हुने निर्देशक थापाले बताए ।

प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको सिरियलमा सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको समेत अभिनय रहनेछ । 

नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरियलमा नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह–निर्देशन हुन् । सिरियल फाल्गुन पहिलो हप्ताबाट टेलिभिजनबाट प्रसारणमा आउनेछ । सिरियलको अहिले ट्रेलर सार्वजनिक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप