कुमार दसौदीको राजनीतिक यात्रा– तेस्रो पटकसम्म पराजय, चौथो पटक विजय
दाङ । राष्ट्रियसभा सदस्य लुम्बिनी प्रदेशको एक रिक्त पदमा नेकपा एमाले केन्द्रीय सदस्य कुमार दसौदी विजयी भएका छन् । आज सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा दसौदीले ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् । दसौदीले प्रदेशसभा तर्फ ४३ र स्थानीय तहतर्फ १०९ मत प्राप्त गरेका छन् ।
दसौदीले नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३ सय ६ मतले पछि पारेका थिए । आचार्यले प्रदेशसभा तर्फ १ हजार ७७६ मतभार प्राप्त गरेका थिए भने स्थानीय तर्फ १ हजार ९४४ मतभार प्राप्त गरेका छन् । नेपाली काँग्रेसका आचार्यले प्रदेशसभा तर्फ ३७ र स्थानीय तहतर्फ १ सय ८ मत प्राप्त गरेका थिए । प्रदेशसभा सदस्यतर्फ ४८ र स्थानीय तहतर्फ १८ एक मतदाता बराबर मतभार रहेको छ ।
२०३६ सालदेखि राजनीतिक यात्रा सुरु गरेका दसौदी ०४१ सालमा भुमिगत भए । २०४७ सालमा नेकपा एमाले रोल्पाको जिल्ला सदस्य जिम्मेवारी सम्हालेका उनले २०५० सालमा नेकपा एमालेको जिल्ला उपसचिवको जिम्मेवारी पाए । २०५२ सालमा राष्ट्रिय परिषद सदस्यको जिम्मेवारी सम्हाल्दै आएका उनी नेकपा एमालेको दशौं महाधिवेशन पछि केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी सम्हााल्दै आइरहेका छन् ।
राष्ट्रियसभा सदस्यमा नवनिर्वाचित दसौदी रोल्पा क्षेत्र नं. २ बाट २०५१, ०५६ र ०७० सालमा लगातार तीन पटक प्रत्यक्ष निर्वाचनमा होमिएका थिए । तर उनले ३ पटक नै पराजय ब्यहोर्नुुपरेको थियो । दसौदीको राष्ट्रियसभा सदस्यको यो यात्रा चौथो पटकको यात्रा हो । नवनिर्वाचित राष्ट्रियसभा सदस्य दसौदीले विजयीपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने–‘तेस्रो पटकसम्म लगातार पराजय भएँ, चौथो पटकमा बल्ल पार लागे ।’ उनले संसदमा आफ्नो उपस्थिति गरिबी विरुद्धको लडाइँ र न्यायका लागि रहने समेत बताएका छन् ।
गरिबीको रेखामुनि रहेका आम नागरिकको जीवनस्तर विकास र न्यायको खोजीमा बाँचिरहेका वर्ग समुदायको पक्षमा दृढतापूर्वक उभिने उनले बताए । उनले थपे– ‘संसद कानुुन निर्माणको थलो हो । जसमा मैले अब अन्यायमा परेका वर्ग समुदायको पक्षमा उभिने कानुुन बनाउने भूमिका खेल्ने छुु । अर्काे मुुुलुुक आर्थिक विकास पक्ष मेरो प्राथामिकतामा पर्नेछ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण