माओवादीले दियो स्थायीदेखि वैकल्पिक केन्द्रीय समितिसम्मलाई पूर्णता (सूचीसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिसमेतलाई पूर्णता दिएको हो ।
माओवादी स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् ।
यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् ।
माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको पनि जनाइएको छ । आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताहरुको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई ब्युँताउने निर्णय गरेको स्रोतले बतायो ।
माओवादी केन्द्रका नेता गणेश साहले पार्टीले पुरानै कार्यविभाजनलाई ब्युँताएको पुष्टि गरे । तर, सह–ईञ्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको उनको भनाइ छ । अर्का एक नेताले प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्य सहित सबै नेताहरुको जिम्मेवारी तोक्दा एकपद एक कार्यकारी जिम्मेवारीमा जोड दिने हालै सम्पन्न स्थायी कमिटी बैठकले तय गरेको पनि बताए ।
पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिमा रहेका सदस्यहरुको सूची













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण