शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीले दियो स्थायीदेखि वैकल्पिक केन्द्रीय समितिसम्मलाई पूर्णता (सूचीसहित)

बिहीबार, २६ माघ २०७९, १२ : ३४
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिसमेतलाई पूर्णता दिएको हो । 

माओवादी स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् । 
यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् । 

माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको पनि जनाइएको  छ । आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताहरुको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई ब्युँताउने निर्णय गरेको स्रोतले बतायो । 

माओवादी केन्द्रका नेता गणेश साहले पार्टीले पुरानै कार्यविभाजनलाई ब्युँताएको पुष्टि गरे । तर, सह–ईञ्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको उनको भनाइ छ । अर्का एक नेताले प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्य सहित सबै नेताहरुको जिम्मेवारी तोक्दा एकपद एक कार्यकारी जिम्मेवारीमा जोड दिने हालै सम्पन्न स्थायी कमिटी बैठकले तय गरेको पनि बताए ।

पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिमा रहेका सदस्यहरुको सूची

New-CCM-List-2079-10-22-1New-CCM-List-2079-10-22-2New-CCM-List-2079-10-22-3New-CCM-List-2079-10-22-4New-CCM-List-2079-10-22-5New-CCM-List-2079-10-22-6New-CCM-List-2079-10-22-7New-CCM-List-2079-10-22-8New-CCM-List-2079-10-22-9New-CCM-List-2079-10-22-10New-CCM-List-2079-10-22-11New-CCM-List-2079-10-22-12New-CCM-List-2079-10-22-13

 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप