शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ६ करोडको कारोबार

बिहीबार, २६ माघ २०७९, २३ : ३०
बिहीबार, २६ माघ २०७९

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक १२.४३ अंकले बढ्दै २१ सय ८२.६१ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ७.१३ अंकले घट्दै २१ सय ७०.२१ अंकमा झरेको थियो । 

यद्यपि, अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घटेको छ । १२ अंक बढीले नेप्से बढ्दै गर्दा आज २ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको ५६ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन ७ अंकले नेप्से घटेको बजारमा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख २ हजार कित्ता सेयर कारोबार भएको थियो । 

आज अपि पावर कम्पनीको ५ करोड ८६ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

१३ वटा उपसूचक मध्ये आज म्युचुअल फन्ड बाहेक सबै उपसूचक धनात्मक भएका छन् । 

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज नबिल ब्यालेन्ड फन्ड–३ को मूल्यमा ५.७५ प्रतिशतको गिरावट भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप