सुदूरपश्चिम प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति अनुपस्थित
बिहीबार, २६ माघ २०७९, १७ : ०५

कैलाली । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी छ ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद भने उपस्थित छैनन् । उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ । प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र (सभामुख बाहेक) १० र राप्रपा १ गरी केवल २१ मत छ। जुन आवश्यक मत २७ भन्दा ६ मतले कम हो । ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ ।
पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा (१) को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । दाबी पेश गर्दा उनलाई २९ सांसदको समर्थन थियो ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कल्याणकारी परिषद्को चुनावमा सुरक्षा थ्रेट
-
सरकारले व्यवसायीलाई दियो १ खर्ब रुपैयाँ राजस्व छुट
-
माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
-
गाजामा इजरायलले गरेको हवाई हमलामा ६० जनाको मृत्यु
-
भौतिक र शहरी मन्त्रालयले गर्यो बैङ्कमा प्रविष्ट नभएका ५ हजार ७६७ आयोजनामा बजेट विनियोजन
-
भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो, तस्बिरमा हेर्नुहोस्