महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता
बिहीबार, २६ माघ २०७९, १७ : ४०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा नेतृत्वको टोलीले कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी) पार्टीसँग वार्ता गरेको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पक्षबीच संवाद भएको एक नेताले बताए ।
दुई पार्टीबीच दस्तावेज आदनप्रदान, राजनीतिक, वैचारिक तथा सांगठनिक संरचनाका विषयमा छलफल भएको ती नेताले बताए । पार्टी एकता गर्ने विषयमा दुई पार्टी सकारात्मक देखिएको बताइएको छ । बुढा तत्कालीन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए भने तिलक मगर नेकपा मालेबाट संविधानसभा सदस्य भएका थिए । सोही पार्टी माओवादीसँग एकता गर्न तयार देखिएकाले छिट्टै निष्कर्षमा पुगिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजश्व सङ्कलन गर्ने विधेयक लुम्बिनी प्रदेश सभामा पेस
-
नीतिले किन आफूलाई महसुस गरिन् अपराधी ?
-
प्रतिपक्षको जवाफ कामले दिनुपर्नेमा सत्तापक्षले मुख धेरै चलायो : वर्षमान पुन
-
लोकसेवा र मुख्यसचिवको फरक–फरक धारणाले गिजोलियो कर्मचारी विधेयक
-
‘सगरमाथा संवाद’ कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ : प्रभु साह
-
महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति