राजनीति
उच्चस्तरीय संयन्त्रको बैठकमा भएन राष्ट्रपतिबारे छलफल
रास्वपालाई सरकारमा आउन आग्रह
शुक्रबार, २७ माघ २०७९, ११ : ४९
काठमाडौँ । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा सरकार सञ्चालनको विषयमा छलफल भएको हो । राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल भएको बताए ।
उनले रातोपाटीलाई भने, ‘यस विषयमा आज छलफल भएको छ । विगतको समीक्षा र आगामी योजनाबारे पनि छलफल भयो ।’ संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे भने कुनै छलफल नभएको उनले बताए । उनले भने, ‘ राष्ट्रपतिको उम्मेदवारबारे पुस १० गते भएको सहमति छँदै छ । आज कुनै छलफल भएन ।’ सत्ता घटक जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी आजको संयन्त्रको बैठकमा अनुपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण