सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

देश सिण्डिकेटले चलेको छ : रमेश खरेल

शुक्रबार, २७ माघ २०७९, १२ : ४२
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । पूर्व डिआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देश सिन्डिकेटमा चलेको आरोप लगाएका छन् । शुक्रवार विवेकशील साझा पार्टीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले तल्लो तहदेखि सिंहदरबारसम्म सिन्डिकेटले चलेको बताएका हुन् ।  ‘यो देश सिन्डिकेटले चलेको छ । तल्लो तहदेखि सिंहदरबारसम्म चलेको छ । भागबन्डा र व्यक्तिगत स्वार्थमा चलेको छ’, अध्यक्ष खरेलको भनाइ छ । उनले देशलाई माया गर्ने र राष्ट्र जोगाउने हो भने नयाँ शिराबाट जानुपर्ने र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए । 

‘ह्युमिलिएटेट भएर पद र प्रतिष्ठाका लागि कहिले बालुवाटार, कहिले बुढानीलकण्ठ, कहिले बालकोट र कहिले ठेकेदारले बनाएको घरमा बस्ने मान्छेहरूका हात जोडेर जानुहुँदैन’, खरेलले कांग्रेस एमालेका नेता कार्यकर्तालाई आह्वान गरे ।  राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने विवेकशीलका नेता कार्यकर्तामा रहेको भन्दै नयाँ शिराबाट अघि बढ्न आफू सबै कुरा त्याग गर्न तयार रहेको बताए । उनले ८ सय बढी सांसद नेपालले धान्न नसक्ने भन्दै मौका नपाएर धेरै मानिस इमानदार भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप