देश सिण्डिकेटले चलेको छ : रमेश खरेल
काठमाडौँ । पूर्व डिआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देश सिन्डिकेटमा चलेको आरोप लगाएका छन् । शुक्रवार विवेकशील साझा पार्टीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले तल्लो तहदेखि सिंहदरबारसम्म सिन्डिकेटले चलेको बताएका हुन् । ‘यो देश सिन्डिकेटले चलेको छ । तल्लो तहदेखि सिंहदरबारसम्म चलेको छ । भागबन्डा र व्यक्तिगत स्वार्थमा चलेको छ’, अध्यक्ष खरेलको भनाइ छ । उनले देशलाई माया गर्ने र राष्ट्र जोगाउने हो भने नयाँ शिराबाट जानुपर्ने र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए ।
‘ह्युमिलिएटेट भएर पद र प्रतिष्ठाका लागि कहिले बालुवाटार, कहिले बुढानीलकण्ठ, कहिले बालकोट र कहिले ठेकेदारले बनाएको घरमा बस्ने मान्छेहरूका हात जोडेर जानुहुँदैन’, खरेलले कांग्रेस एमालेका नेता कार्यकर्तालाई आह्वान गरे । राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने विवेकशीलका नेता कार्यकर्तामा रहेको भन्दै नयाँ शिराबाट अघि बढ्न आफू सबै कुरा त्याग गर्न तयार रहेको बताए । उनले ८ सय बढी सांसद नेपालले धान्न नसक्ने भन्दै मौका नपाएर धेरै मानिस इमानदार भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण