संसद्
संघीय सदनलाई सम्बोधन गर्न राष्ट्रपति संसद्मा (तस्बिरहरु)
शुक्रबार, २७ माघ २०७९, १५ : १३

काठमाडौं । प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भवन नयाँ बानेश्वर पुगेकी छन् ।
दिउँसो ३ बजे राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम अनुसार राष्ट्रपति भण्डारी संसद् भवन बानेश्वर पुगेकी हुन् ।
राष्ट्रपतिले प्रतिनिधि सभाको सभाकक्षमा दुवै सदनलाईसम्बोधनगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रियसभामा राष्ट्रपतिको संवोधनबारे छुट्टाछुट्टै टेबल गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रपतिको सम्बोधनपछि धन्यवादको प्रस्ताव पारित गर्ने तयारी रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सम्बन्धी व्यवस्था रहेको छ ।