सुदूरपश्चिममा देउवा भौतिक पूर्वाधार र शाही आर्थिक मामिलामन्त्री नियुक्त
शुक्रबार, २७ माघ २०७९, १६ : ०२
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट एक एक जना मन्त्री बनेका छन् ।
कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाश देउवा भौतिक पूर्वाधारमन्त्री बनेका छन् भने नेकपा एकीकृत समाजवादीले नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीका रूपमा पठाएको छ ।
मन्त्री नियुक्त भएका देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् ।
मुख्यमन्त्री शाहले पनि आजै प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण