सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास
शुक्रबार, २७ माघ २०७९, १६ : ५७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधनका क्रममा व्यक्त गरिएका विषय आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास व्यक्त गरेकी छन् । प्रतिनिधिसभामा सांसद नवनिर्वाचित भएपछिको पहिलो संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले तीनै तहका सरकारी संयन्त्र नागरिकका आकाङ्क्षा पूरा गर्न लाग्ने विश्वास व्यक्त गरिन् । सरकारले आगामी आवको नीति तथा कार्यक्रममा यसलाई समेट्दै बजेटमा स्रोत व्यवस्थापन गर्ने भनाइसमेत राष्ट्रपति भण्डारीले राखिन् ।
नेपाल र नेपालीको सद्भावनालाई कायम राख्दै मित्र राष्ट्रले विगतमा जस्तै आगामी दिनमा पनि सहयोग गर्ने आशा लिएको उनको भनाइ थियो । राष्ट्रपति भण्डारीको सम्बोधनसँगै संयुक्त बैठक समापन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण