बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मस्यौदा समिति बैठकमा अमरेश जंगिएपछि...

शुक्रबार, २७ माघ २०७९, १८ : ३०
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । सांसदहरूले आफूहरू सांसद भएकाले संविधानको भन्दा बढी विशेषाधिकार चाहिने मानसिकता सहितको तर्क गर्न थालेपछि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रवारको बैठकमा सदस्यहरुबीच नै भनाभन भएको छ । सांसदहरू स्वयम् नियममा बाँधिने विषयमा राखिने प्रावधानका सम्बन्धमा मत ऐक्ययता नभएपछि सदस्यहरुबीच भनाभनको स्थिति उत्पन्न भएको हो । 

फौजदारी अभियोगमा पक्राउ परेर मुद्दाको अन्तिम किनारा नलागेसम्मका विभिन्न चरणमा सांसदको पद र सुविधा के कस्तो हुने भन्ने सम्बन्धमा गरिने व्यवस्थाका बारेमा समिति सदस्यहरुबीच मत भिन्नता देखिएको थियो । यसै क्रममा छलफलबाट प्राप्त निष्कर्ष सुनाउन लाग्दा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सचिवालयका कर्मचारीले छलफलमा हस्तक्षेप गरेको भन्दै आक्रोश पोखे । 

सांसद सिंहले त्यसको सम्पूर्ण रिस प्रवक्ता गिरी माथि खन्याउँदै ‘तपाई एमालेको कार्यकर्ता हो सुवासचन्द्र नेम्वाङसँग मात्रै खुसुखुसु गर्नुहुन्छ’ भनेपछि बैठक कक्षको वातावरण खलबलिएको थियो । सांसद अमरेशकुमार सिंहले समिति सदस्य एवं संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङलाई ‘गिरिसचन्द्रलालको रिपोर्ट किन सार्वजनिक गर्नुभएन ?’ भनी प्रश्न गरेपछि अर्का सदस्य महेश बर्तौलाले बैठकमा नियमापत्ति गरेका थिए । 

बैठकको बहस विषय वस्तुभन्दा बाहिर जान थालेपछि सभापति चित्रबहादुर केसीले विषय केन्द्रित हुन निर्देशन दिनुपरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप