संसद्बाट राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित
शुक्रबार, २७ माघ २०७९, १८ : ४५
_tJpWSr62bE.jpg)
काठमाडौं । संघीय संसद्ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेको छ ।
संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले राष्ट्रपतिको उक्त सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेका हुन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच