संसद्बाट राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित
शुक्रबार, २७ माघ २०७९, १८ : ४५
काठमाडौं । संघीय संसद्ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेको छ ।
संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले राष्ट्रपतिको उक्त सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेका हुन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण