टर्की भूकम्प : द्रुत गतिमा उद्धार हुन नसकेको राष्ट्रपतिको स्वीकारोक्ति
शुक्रबार, २७ माघ २०७९, २१ : ११

टर्की । टर्कीका राष्ट्रपति सिसेप तैएप एर्डोगानले भूकम्प प्रभावित क्षेत्रमा अपेक्षा गरिएअनुसार सरकारीस्तरमा खोज तथा उद्धार द्रुत गतिमा हुन नसकेको स्वीकार गरेका छन् । गत सोमबारको भूकम्पबाट देशका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ ।
“धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, दुर्भाग्यवश हामीले अपेक्षाकृत द्रुत गतिमा उद्धारका काम गर्न सकेनौँ,” भूकम्पबाट अति प्रभावित दक्षिणी सहर आदिमानको भ्रमणपछि उनले भने । आजै उनी यहाँको वस्तुस्थिति बुझ्न आएका हुन् ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । (रासस /एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण