बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अटोमोबाइल्स विलासिता नभइ आवश्यक्ताको क्षेत्र हो : अर्थमन्त्री पौडेल

शनिबार, २८ माघ २०७९, ११ : ५५
शनिबार, २८ माघ २०७९

काठमाडौँ । उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल्स विलासिताको वस्तु नभई आवश्यक्ता भएको बताएका छन् । अटो व्यवसायीहरुको साझा संस्था नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अटोमोबाइल आवश्यक्ताको वस्तु भएको बताएका हुन् ।

यद्यपी, केही सवारी साधन भने विलासिताको वस्तुकारुपमा समेत रहेका हुन सक्ने उनको भनाइ छ । निजी क्षेत्रले ११ लाख जनालाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी दिइरहेको र राजश्वमा २१ प्रतिशत हिस्सा ओगट्ने क्षेत्र अटोमोबाइल्स भएको सुनाएपछि अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

अटोमोबाइल्स क्षेत्रलाई विलासिताको वस्तुको ट्याग लगाएर बस्न नसकिने पौडेलले भनाइ छ । यस क्षेत्रलाई विलासिताको वस्तुको सूचीमा नराख्न नाडाले दिएको सुुझाव सरकारले समेट्ने उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप