अटोमोबाइल्स विलासिता नभइ आवश्यक्ताको क्षेत्र हो : अर्थमन्त्री पौडेल
शनिबार, २८ माघ २०७९, ११ : ५५
काठमाडौँ । उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल्स विलासिताको वस्तु नभई आवश्यक्ता भएको बताएका छन् । अटो व्यवसायीहरुको साझा संस्था नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अटोमोबाइल आवश्यक्ताको वस्तु भएको बताएका हुन् ।
यद्यपी, केही सवारी साधन भने विलासिताको वस्तुकारुपमा समेत रहेका हुन सक्ने उनको भनाइ छ । निजी क्षेत्रले ११ लाख जनालाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी दिइरहेको र राजश्वमा २१ प्रतिशत हिस्सा ओगट्ने क्षेत्र अटोमोबाइल्स भएको सुनाएपछि अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
अटोमोबाइल्स क्षेत्रलाई विलासिताको वस्तुको ट्याग लगाएर बस्न नसकिने पौडेलले भनाइ छ । यस क्षेत्रलाई विलासिताको वस्तुको सूचीमा नराख्न नाडाले दिएको सुुझाव सरकारले समेट्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण