शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

शनिबार, २८ माघ २०७९, १२ : ५९
शनिबार, २८ माघ २०७९

तनहुँ । तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ स्थित पृथ्वीराजमार्ग सडकखण्डमा ग १ ख  ६३०७ नम्बरको बसले बसले ठक्कर दिँदा पैदलयात्री ४० वर्षीय मिनबहादुर विकको मृत्यु भएको हो ।

विक सोही ठाउँका स्थानीयवासी हुन् । बसको ठक्करबाट घाइते भएका विकलाई उपचारका लागि चितवनस्थित सीएमसी अस्पतालमा पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप