कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ
शनिबार, २८ माघ २०७९, १६ : ५४
कैलाली । कैलालीमा एक युवक पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड शनिबार बिहान प्रहरीले बरामद गरेको हो ।
उनको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखड र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा भान्सा कोठाको बाहिर पर्खालमा कपडाले बेरेर लुकाई छिपाई राखेको उक्त पेस्तोल र गोली फेला पारी बरामद गरेको प्रहरीको भनाई छ ।
हाल फरार कठरियाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
-
सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण