शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१० वर्षपछि अभिनयमा कमब्याक गर्दै राजबल्लभ

आइतबार, २९ माघ २०७९, ०९ : १४
आइतबार, २९ माघ २०७९

काठमाडौँ । अभिनेता राजबल्लभ कोइराला अभिनयमा कमब्याक गर्ने भएका छन् । उनी फिल्म ‘कामिनो’ मार्फत अभिनयमा फर्किन लागेका हुन् । सामाजिक सञ्जालमा फिल्मको पोस्ट शेयर गर्दै आफू ‘कामिनो’ मार्फत अभिनयमा फर्किन उनले बताएका छन् ।

‘दाइ नेपाली फिल्ममा फेरी कहिले आउनुहुन्छ ? उनलाई सामाजिक सञ्जालमा धेरै सोधिने प्रश्न हो यो । उनले यो प्रश्न राख्दै जवाफको रूपमा यो वर्ष ‘कामिनो’सँगै भनेर लेखेका छन् । करिब ८ वर्षको अभिनय समयमा २७ फिल्म गरेका उनी ‘छ एकान छ’पछि अमेरिका बस्दै आएका कारण अभिनयबाट बाहिर छन् । फिल्ममा रहेको कोइरालाले पाटोको छायाङ्कन ब्राजिल र मेक्सिकोमा हुनेछ ।

सन् २००७ को फिल्म ‘पर्खी बसेँ’बाट अभिनयमा डेब्यु गरेका कोइरालाले ‘गुरु दक्षिणा’, ‘छोडी गए पाप लाग्ला’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘मसान’, अपवाद’ लगायतका थुप्रै सफल फिल्म दिएका छन् ।

वैशाखबाट छायाँंकन सुरु हुने भनिएको ‘कामिनो’मा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहनेछ । फिल्ममा प्रदीपको जोडी वर्षा सिवाकोटी रहन चर्चा छ । प्रेम, रोमान्स र सस्पेन्स विषयमा बन्न लागेको फिल्म नेपालीसँगै हिन्दी, अङ्ग्रेजी र स्पेनिस भाषामा बन्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप