कृषकलाई कृषि सामाग्री वितरण
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाका ३० किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक ३० किसानहरूले कृषि सामाग्री पाएका हुन्।
गाउँपालिका अन्तर्गतको कृषि शाखाको आर्थिक सहयोगमा गाउँपालिका भरिएका ३० जना कृषकलाई कृषि सामाग्री वितरण गरिएको कृषि शाखाका प्रमुख उमेश न्यौपाने बताए। कृषि शाखाले यहीँ माघ १५ गतेदेखि २२ गतेसम्म आवेदन दिन सूचना निकाले थियो। जसमध्ये ३० जना किसानको निवेदन परेको थियो।
गाउँपालिका भित्र १ देखि ५ वडा छन्। गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा,स्टोर शाखा प्रमुख मतिप्रसाद जैसी र कृषि शाखा प्रमुख उमेश न्यौपानेको उपस्थितिमा वितरण गरिएको हो। स्याउ खेतीको विस्तार र उत्पादकत्व वृद्धि गरी कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरी स्याउ बालीमा रोग किरा नियन्त्रण तथा बगैँचाको व्यवस्थापनमा टेवा पुर्याउने उद्देश्य रहेको छ।
प्रति किसान १ थान,आरी, एक थान सिकेचर, स्प्रेयर ब्रस, डेढ केजी निला तुथो ३ केजी चुना र सर्वो तेल दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण