एन्फाले पहिलो पटक फुटबल एक्स्पो आयोजना गर्दै

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो । एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै फुटबल एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ । फुटबललाई व्यवसायिक बनाउन व्यवसायिक घरानाहरुलाई जोड्ने प्रयास स्वरूप फागुन ४ र ५ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा फुटबल एक्स्पो आयोजना हुनेछ ।
एन्फाका रोविन चन्दले नेपाली फुबटलमा व्यवसायीक पाटोहरु जोड्का लागि एक्स्पो आयोजना गर्न लागिएको बताए । ‘नेपाली फुटबलमा व्यवसायिक घरानाहरुलाई जोड्ने प्रयास स्वरूप फुटबल एक्स्पोको आयोजना गर्न लागिएको हो । यसले नेपाली फुटबलको व्यवासाहिकतालाई टेवा पुग्नेछ,’ चन्दले भने ।
फुटबल एक्स्पोमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरुले स्टल राखेर बिभिन्न सामाग्रि राख्न पाउने छ । एक्स्पोमा नेपाली सेलिब्रेटीको सहभागिता हुनुका साथै बिभिन्न अन्तरक्रिया पनि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्