एन्फाले पहिलो पटक फुटबल एक्स्पो आयोजना गर्दै
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो । एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै फुटबल एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ । फुटबललाई व्यवसायिक बनाउन व्यवसायिक घरानाहरुलाई जोड्ने प्रयास स्वरूप फागुन ४ र ५ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा फुटबल एक्स्पो आयोजना हुनेछ ।
एन्फाका रोविन चन्दले नेपाली फुबटलमा व्यवसायीक पाटोहरु जोड्का लागि एक्स्पो आयोजना गर्न लागिएको बताए । ‘नेपाली फुटबलमा व्यवसायिक घरानाहरुलाई जोड्ने प्रयास स्वरूप फुटबल एक्स्पोको आयोजना गर्न लागिएको हो । यसले नेपाली फुटबलको व्यवासाहिकतालाई टेवा पुग्नेछ,’ चन्दले भने ।
फुटबल एक्स्पोमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरुले स्टल राखेर बिभिन्न सामाग्रि राख्न पाउने छ । एक्स्पोमा नेपाली सेलिब्रेटीको सहभागिता हुनुका साथै बिभिन्न अन्तरक्रिया पनि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण