राष्ट्रपति निर्वाचनपछि यो संविधान नै पनि नरहन सक्छ : नेता पाण्डे
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनका सवालमा गठबन्धनभित्रै अविश्वास पैदा भए यो संविधान र व्यवस्थाको भविष्य नै अन्योलमा पर्ने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेका नेता पाण्डेले सत्ता साझेदार दलहरूबिचमै बढेको अविश्वासले राम्रो सङ्केत नगरेको बताए ।
‘अहिलेको अवस्था धेरै हिसाबले अप्ठेरो छ । त्यसमा पनि राष्ट्रपतिको चुनावमा गठबन्धनभित्रै सौहार्दता वा विश्वास भएन भने त्यसपछिको भविष्य के हुन्छ भनेर कसैले भन्नै सक्दैन’, नेता पाण्डेले नेपाली राजनीतिमा देखिएको विकृतितर्फ सङ्केत गर्दै भने,‘एकले अर्कोलाई विश्वास नगर्ने, एकअर्काबीच एकता र समझदारी नगर्ने, सवै कुरा अन्तिममा गएर पदसँग साट्ने, जनता र राष्ट्रको हितभन्दा पदमा लगेर जोड्ने कारणहरूले गर्दा नेपाली राजनीति त्यसमा पनि कम्युनिस्ट आन्दोलनले नोक्सानी खेपिरहेको छ ।’
उनले यही अवस्था रहने हो भने राष्ट्रपतिको निर्वाचनपछि संघीयता र संविधान रहन्छ भन्ने विश्वास गर्न नसकिने बताए ।
‘अकल्पनीय त नभनौँ, तर कल्पनामै पनि यो व्यवस्था जान्छ भन्ने पनि कल्पना गर्छौ नि हामी ! कसैले अकल्पनीय भन्ला भने अर्को ढंगले भन्दा कल्पनीय तर यो संविधान जान पनि सक्छ’, पाण्डेले भने, ‘त्यस्तो पनि हुनसक्छ किनभने केही मान्छेहरू यो व्यवस्था र संविधानको विकल्प खोजिरहेका छन् ।’
संविधान र व्यवस्थाविरुद्ध सडकदेखि संसदमै अभिव्यक्तिहरू आइरहेको भन्दै उनले भने, ‘यस्तो अराजक अवस्थाबाट गुज्रिरहेको छ । एउटा वेला थियो यो व्यवस्था र संविधानमाथि प्रश्न खडा नै गर्न डराउँथे । तर अहिले खुलेआम रूपमै यो चाहिँदैन भन्न थालिसके ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण