मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ६० अंकको पहिरो, ३ अर्बको कारोबार

आइतबार, २९ माघ २०७९, १५ : ५६
आइतबार, २९ माघ २०७९

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा ६० अंकमाथिको गिरावट आएको छ । 

गत शुक्रबार राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेसँगै आम लगानीकर्ताहरु निराश बन्दा सोको प्रभाव आइतबारको सेयर बजारमा देखिन गएको हो ।

मौद्रिक नीतिको समीक्षाले बैंक ब्याजदरसँगै सेयर धितो (मार्जिन लेन्डिङ) को १२ करोडको सीमा समेत यथावत् राखेको छ । जसले गर्दा लगानीकर्ताहरु पेनिक हुन पुगेका हुन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ६०.७७ अंकले घट्दै २१ सय २१.८६ अंकमा झरेको छ । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०.९९ अंकले घट्दै ४०४.४३ अंकमा झरेको छ । 

आज १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । फाइनान्स समूहको उपसूचक ४.५९ प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ४.०९ प्रतिशत र हाइड्रोपावर समूह ४.०४ प्रतिशतले घटेका छन् । 

यस्तै, डेभलपमेन्ट समूहको उपसूचक ३.३६ प्रतिशतले घट्दा इन्भेष्टमेन्ट समूहको उपसूचक ३.७८ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ३.२४ प्रतिशतले घट्न पुगेको छ । अन्य उपसूचकहरु २ प्रतिशत माथिले घटेका छन् ।

६० अंकमाथिले नेप्से घट्दैगर्दा आज ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबरको ८१ लाख ३९ हजार कित्ता बराबरको सेयर किनबेच भएको छ । 

अघिल्लो कारोबार दिन गत बिहीबार १२.४३ अंकले नेप्से बढ्दै २१ सय ८२.६१ अंकमा उक्लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप