लोसपाका नेता शरदसिंह यादव जनमत पार्टीमा प्रवेश
आइतबार, २९ माघ २०७९, १६ : २८
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता डा.शरदसिंह यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार पार्टी प्रवेश गरेसँगै उनले आजै जनमत पार्टीको सदस्यता पनि ग्रहण गरेका छन् ।
शंखमुखलस्थित जनमतको पार्टीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सो पार्टीका अध्यक्ष सीके राउतले प्रवेश उनलाई प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्दै नेता यादवले मधेसको अधिकार र पहिचानप्रति जनमत पार्टी चिन्तित रहेको र सो अनुसार काम पनि गरिरहेको हुनाले आफू पार्टी प्रवेश गरेको बताए । परिवर्तनका लागि जनमत पार्टी तराई मधेसका सङ्घर्षरत रहेको बताउँदै उनले पार्टीले जुन तरिकाले आफूलाई अगाडि बढाएको छ त्यसले मात्र तराई मधेसको समस्या समाधान हुने बताए ।
लोसपा अव्यवस्थित पार्टी भएको भन्दै उनले सोही कारण आफूले पार्टी परिवर्तनको निर्णय लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण