अब इसेवा मार्फत केडका सामाग्री सजिलै खरिद गर्न सकिने
काठमाडौँ । इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनीबीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरे ।
उक्त समझदारी पश्चात् भुक्तानी एकीकरण गरिने र इसेवाका ग्राहकहरुले केडका सामान खरीद गर्दा वेव चेकआउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवाका लाखौं ग्राहकहरुले केडका गुणस्तरीय सामान खरीद गर्दा सहज तरिकाले भुक्तानी गर्न सकिने आउँदा दिनमा सहकार्यबाट बढी फाइदा दिन सकिने कुरा व्यक्त गरे । यस्तै केडकी प्रबन्ध निर्देशक दिप्रिना शाक्यले सम्झौताले इसेवाका ग्राहकहरुलाई केडका सामान किन्दा भुक्तानी गर्न सहजता मात्र नभई केड र इसेवा बीच रणनीति साझेदारीको ढोका पनि खोलेको धारणा व्यक्त गरिन् ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत करिब ७० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका एक लाख ८५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण