सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको चियापत्ती बरामद

आइतबार, २९ माघ २०७९, २० : ५७
आइतबार, २९ माघ २०७९

झापा । जिल्ला प्रहरी कार्यालय झापाले अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको चियापत्ती बरामद गरेको छ ।

प्रहरीले शनिबार भारतबाट नेपाल ल्याउँदै गरेको ८५ हजार ५ सयको ३४२ केजी तयारी चियापत्ती बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार बरामद गरिएको उक्त चियापत्तीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयलाई बुझाइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप