महाराजगञ्ज छाडेर चक्रपथ विस्तार हुने
चक्रपथको कलंकीदेखि चाबहिलको धोबीखोला खण्डमा पर्ने सम्पूर्ण साइट क्लियर नभए पनि सडक विस्तारको काम शुरू हुने भएको छ । २७ किलोमीटरको चक्रपथमध्ये यस खण्डमा पर्ने ११ दशमलव ६ किलोमीटर विस्तार हुन लागेको हो ।
महाराजगञ्ज क्षेत्रलाई तत्काल यथास्थितिमा राखेर चक्रपथ विस्तारको काम शुरू गर्ने तयारी सडक विभागले गरेको छ । चीन सरकारको सहयोगमा आठ लेनमा विस्तार गरिने यो खण्डको महाराजगञ्ज क्षेत्रमा घर भत्काउन र जग्गा अधिग्रहण गर्न बाँकी छ ।
अन्य क्षेत्रमा साइट क्लियर लगभग सम्पन्न गरेको विभागले यस क्षेत्रलाई अहिलेकै अवस्थामा राखेर सडक विस्तार अघि बढाउने तयारी गरेको हो ।
विभागका महानिर्देशक अर्जुनजंग थापाले सडक विस्तार सम्झौताको म्याद सकिनुअघि साइट क्लियर भएमा चिनियाँ पक्षले नै बनाइदिने, नभए नेपाल सरकार आफैले बनाउने गरी छलफल भएको जानकारी दिए ।
‘कलंकी क्षेत्रमा चारओटा घर भत्काउँदा हामीले मुआब्जा दिएका थियौं,’ थापाले भने, ‘महाराजगञ्ज क्षेत्रमा परेका घरजग्गाको हकमा परिस्थिति फरक छ ।’ सरकारी अभिलेखमा सडकको दायाँबायाँ गरेर ३१ मीटर जग्गा अधिग्रहण गर्ने स्वीकृति दिइएको छ ।
उनका अनुसार महाराजगञ्जमा २०३१ सालमा जग्गा अधिग्रहण भएको थियो । चिनियाँ पक्षले गोंगबु तथा आसपासका मन्दिरहरू सारिसकेपछि मात्रै काम गर्ने भएको छ । अन्य मन्दिरहरू सारिसकेको र गोंगबुस्थित शिव मन्दिर सार्न बाँकी रहेको थापाले बताए ।
उक्त मन्दिर सारेपछि चिनियाँ पक्षलाई बोलाएर सो खण्ड चौडा बनाउने काम शुरू गरिने उनको भनाइ छ । उक्त मन्दिर सारेपछि चिनियाँ दूतावासलाई जानकारी गराएर छिट्टै सडक चौडा बनाउनका लागि यो खण्ड हस्तान्तरण गरिनेछ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण