समीक्षा बनिन् जुनियर डान्सिङ स्टार
काठमाडौँ । जुनियर डान्सिङ स्टारको उपाधि समीक्षा मोक्तानले जितेकी छन् । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजना रहेको ‘डिएसए स्टार २०२३’ प्रतियोगितामा उनले सो उपाधि हात परेकी हुन् ।
बालकुमारीस्थित म्युजिक सिटी हलमा आयोजित कार्यक्रममा रेचल बुढाथोकी, आर्यश थापा मगर, साहाया कार्की, राजभी अर्याल, तेजस्वी पन्त र वर्षा अधिकारी यही प्रतियोगिता अन्तर्गत क्रमशः फस्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ र सिक्स्थ रनरअप घोषित भए ।
कार्यक्रममा प्री–टीन डान्सिङ स्टारको उपाधि भने प्रिन्सु रेग्मीले हात पारिन् । यही प्रतियोगिताअन्तर्गत एन्जल तामाङ, खुसी सिंह ठकुरी, प्रिया खनाल, दिया लामा, अंशु खड्का क्रमशः फष्टदेखि सिक्थ रनरअप चुनिए ।
कार्यक्रममा सिङ्गिङ स्टारको उपाधि एन्जल बाबु कट्टेलले हात परे । इप्शित पन्त एक्टिङ स्टार घोषित भएको कार्यक्रममा रोमिया सुनुवार, प्रशान्ती चन्द ठकुरी यही प्रतियोगिता तर्फको क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । प्रतियोगितामा मिनी डान्सिङ स्टार भने युना सिंह ठकुरी घोषित भइन् ।
बालकुमारीस्थित म्युजिक सिटी हलमा एकसाथ आयोजित प्रतियोगिताको निर्णायकमा ‘मिस मंगोल २०१८’ जाङ्मु इन शेर्पा, पहिलो सिङ्गिङ स्टार राजेश राई, बाबा एजुकेशन कन्सल्टेन्सीका महाप्रबन्धक राजेन्द्र कुमार शर्मा र साइपल एकाडेमीका प्रिन्सिपल सुमन नगरकोटी लगायत थिए ।
बालबालिकामा लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक परिवर्तन इभेन्ट हाउसकी सिईओ सोनिया जिआरले बताइन् । सोही अवसरमा लोकप्रिय गायक आनन्द कार्कीलाई सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण