सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिल शेट्टीले ज्वाइँ केएलबारे कुरा गर्दै भने, ‘उनको ससुरा होइन बुवा बन्न चाहन्छु’

सोमबार, ०१ फागुन २०७९, १३ : ०९
सोमबार, ०१ फागुन २०७९

बलिउड अभिनेता सुनिल शेट्टीले हालै एक अन्तरवार्तामा केएल राहुलसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गरेका छन् । उनले आफूलाई ससुराको भूमिकाबारे थाहा नभएको र सधैँ केएलको बुवा बनेर बस्न चाहेको बताएका छन् । आथिया र केएल २३ जनवरीमा विवाह बन्धनमा बाँधिएका थिए ।

म केएल राहुलको पहिल्यैदेखि फ्यान थिएँ

इन्डिया टुडेसँग कुरा गर्दै सुनिलले भने, ‘मलाई ससुराको भूमिका थाहा छैन । म उनको फ्यान थिएँ र आज हामीबीच एक सम्बन्ध  गाँसिएको छ, तर मैले राहुललाई पहिले पनि माया गर्थे, जसरी म धेरै युवा प्रतिभाहरूसँग गर्छु । म ती व्यक्तिहरू मध्ये एक हुँ जो सधैँ प्रतिभाको प्रदर्शन हेर्न वानखेडे जाने गर्छन् ।’

sunil shetty1म केएल राहुलको बुबा हुँ

सुनिलले थप भने, ‘जब मैले राहुललाई खेलिरहेको देखेँ, मलाई लाग्यो कि यो बच्चा राम्रो छन् र त्यसपछि उनी मेरो घर नजिकै बस्न थाले  । म सानो सहरका बच्चाको उपलब्धिमा धेरै गर्व गर्ने व्यक्ति हुँ, त्यसैले म उनको फ्यान थिएँ र आज म उनको बुबा हुँ ।’

मलाई केएल राहुलको हरेक व्यवहार थाहा छ

सुनिल भन्छन्, ‘म उनलाई त्यति नै चिन्छु, जति उनले आफूलाई चिनेका छन् । मलाई उनको हरेक व्यवहार थाहा छ । जसरी आथिया र राहुल छन्, त्यसरी नै अहानको जीवनमा जो आउनेछिन्, उनी मेरी छोरी हुनेछिन् ।’

छोरीको विवाहमा सुनिल भावुक भए

आथिया र केएल राहुलको विवाहमा उपस्थित एक स्रोतले बताएको थियो, ‘विवाहमा सुनिल शेट्टी सबैभन्दा सक्रिय थिए । उनले व्यक्तिगत रूपमा सबै प्रबन्धहरू हेरे र विवाहमा उपस्थित सबैलाई सहज छ कि छैन भनेर सुनिश्चित गरे । उनीहरूलाई खुसी देखेर उनी निकै खुसी भइरहेका थिए तर छोरीलाई दुलहीको रूपमा देखेपछि भने उनले आफ्नो आँसु रोक्न सकेनन् । उनी छोरीले फेरा लिँदा निकै भावुक भए ।’

athiyaआथिया –राहुलको विवाहमा १०० जना मात्रै उपस्थित

आथिया र केएल राहुलले ४ वर्ष एक अर्कालाई डेट गरेपछि २३ जनवरीमा विवाह गरेका थिए । विवाहमा परिवारका सदस्य र नजिकका साथीभाइसहित १०० जना मात्र सहभागी थिए । कार्यक्रममा आथियाका विशेष साथी कृष्णा श्राफ, अंशुला कपूर, डायना पेन्टी, क्रिकेटर इशान्त शर्मा र वरुण आरोन पनि उपस्थित थिए ।

आइपिएल सकिएपछि रिसेप्सन 

आथिया शेट्टी र केएल राहुलको विवाहमा सबै क्रिकेटर उपस्थित हुन सकेनन्, किनभने त्यति बेला सबै जना भारत–न्युजिल्याण्ड क्रिकेट सिरिजमा व्यस्त थिए । यस्तो अवस्थामा आइपिएल (इन्डियन प्रिमियर लिग) सकिएपछि दुवैले मे महिनामा सबै क्रिकेटरका लागि भव्य रिसेप्सन दिने बताइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप