आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजुको ल्होत्से मलमा ढुंगामुढा (तस्बिरहरु)

सोमबार, ०१ फागुन २०७९, १९ : ४८
सोमबार, ०१ फागुन २०७९

काठमाडौं । यातायात मजदुरहरूले बालाजुस्थित ल्होत्से मलमा ढुंगामुढा गरेका छन् । नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि यातायात मजदुरहरूले माछापोखरी क्षेत्रमा आन्दोलन गरिरहेका छन् । 

सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलन रोकिएको छैन । यातायात मजदुरहरूले लोत्से बहुउद्देश्यीय सहकारीले सञ्चालन गरेको ल्होत्से मलमा ढुंगामुढा गरेका हुन् । सो मल बालाजु बसपार्क सँगै छ । घटनास्थलमा प्रहरीले भिड नियन्त्रणमा लिने प्रयास गरेपनि सफल भएका छैनन् । 

माछापोखरीस्थित अस्थायी प्रहरी बिटमा पनि मजदुरहरूले आगजनी गरेका छन् । नापतौल तथा गुणस्तर विभाग भवन नजिकै रहेको बिट आन्दोलनकारीले जलाएको एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

balajubalaju1balaju2balaju3balaju4balaju5balaju6balaju8balaju9balaju10balaju11balaju12balaju13balaju14balaju15balaju16balaju17balaju18balaju19balaju20

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप