गुठिचौर गाउँपालिकामा पनि मनाइयो २८ औं जनयुद्ध दिवस
जुम्ला । नेकपा माओवादी केन्द्र गुठिचौर गाउँपालिका कमिटी जुम्लाले पनि २८ औं जनयुद्ध दिवस मनाएको छ। दिवस सहिद पार्कमा राखिएका ४४ जना सहिदको फोटोमा माल्यपर्णसहित विविध कार्यक्रम गरेर मनाइएको हो ।
दिवसको अवसरमा गाउँपालिका भित्रका ४ वटा माध्यमिक विद्यालयमा सरसफाइ तथा वृक्षारोपण गरिएको सचिव आचार्यले बताए। त्रिभुवन मावि झारज्वला, शकंर मावि गर्जाङकोट, खड्गदेवी मावि मणिसाँघु र सत्यवादी मावि दसौंदीमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ।

एउटा विद्यालयमा ६ वटा धुपीका विरुवाका दरले ३० वटा विरुवा रोपिएको उनको भनाई छ। कर्णाली प्रदेश कमिटीका सल्लाहकार विष्णुबहादुर भण्डारीको प्रमुख आतिथ्यमा तथा नेकपा माओवादी केन्द्र गुठिचौर गाउँपालिका कमिटी जुम्लाका सचिव मयादत्त आचार्यको अध्यक्षमा सो कमिटीले जनयुद्ध दिवस मनाएको हो।
यस्तै जुम्लाका सिंजा, कनकासुन्दरी, हिमा, तिला, पातारासी गाउँपालिका कमिटी र चन्दननाथ नगरपालिका नगर कमिटीले विभिन्न कार्यक्रम गरि २८ औं जनयुद्ध दिवस मनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण