गुठिचौर गाउँपालिकामा पनि मनाइयो २८ औं जनयुद्ध दिवस

जुम्ला । नेकपा माओवादी केन्द्र गुठिचौर गाउँपालिका कमिटी जुम्लाले पनि २८ औं जनयुद्ध दिवस मनाएको छ। दिवस सहिद पार्कमा राखिएका ४४ जना सहिदको फोटोमा माल्यपर्णसहित विविध कार्यक्रम गरेर मनाइएको हो ।
दिवसको अवसरमा गाउँपालिका भित्रका ४ वटा माध्यमिक विद्यालयमा सरसफाइ तथा वृक्षारोपण गरिएको सचिव आचार्यले बताए। त्रिभुवन मावि झारज्वला, शकंर मावि गर्जाङकोट, खड्गदेवी मावि मणिसाँघु र सत्यवादी मावि दसौंदीमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ।
एउटा विद्यालयमा ६ वटा धुपीका विरुवाका दरले ३० वटा विरुवा रोपिएको उनको भनाई छ। कर्णाली प्रदेश कमिटीका सल्लाहकार विष्णुबहादुर भण्डारीको प्रमुख आतिथ्यमा तथा नेकपा माओवादी केन्द्र गुठिचौर गाउँपालिका कमिटी जुम्लाका सचिव मयादत्त आचार्यको अध्यक्षमा सो कमिटीले जनयुद्ध दिवस मनाएको हो।
यस्तै जुम्लाका सिंजा, कनकासुन्दरी, हिमा, तिला, पातारासी गाउँपालिका कमिटी र चन्दननाथ नगरपालिका नगर कमिटीले विभिन्न कार्यक्रम गरि २८ औं जनयुद्ध दिवस मनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै नीति र प्रतिबद्धता कार्यान्वयनमा कर्णाली सरकार असफल
-
काठमाडौँ महानगरपालिकाले भन्यो– शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिनू
-
बार्सिलोनाका यी ब्राजिलियन स्टारलाई इटालीको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव आएको खुलासा
-
ट्रम्पले फेरि दिए ग्रिनल्यान्ड खोस्ने धम्की
-
घलेको महत्त्वकांक्षा र आरजुको बौद्धिक दरिद्रता
-
नीति तथा कार्यक्रममा ‘क’ देखि ‘ट’ सम्म हटाउन सांसद शर्माको संशोधन प्रस्ताव