शाहरुखको ‘जवान’मा अल्लु अर्जुनको इन्ट्री
मुम्बई । अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ ले अहिले राम्रो व्यवसाय गरिरहेको छ । ‘पठान’को सफलतापछि उनी अहिले शाहरुख फिल्म ‘जवान’ को प्रतीक्षामा छन् ।
फिल्ममा अहिले साउथ सुपरस्टार अल्लु अर्जुन जोडिएका छन् । मिडिया रिपोटका अनुसार अल्लु अर्जुन फिल्मको केमियो भूमिकाको लागि जोडिएका हुन् । अल्लु अर्जुनको यसै फिल्मबाट बलिउड डेब्यु हुनेछ ।
शाहरुख र अल्लु अर्जुन एकसाथ देखिने कुरोले दुबैका फ्यानमा उत्साह बढेको छ । फिल्ममा शाहरुख र अल्लु अर्जुनको सहकार्यले बक्स अफिसमा धेरै रेकर्ड तोड्न सक्छ । यस विषयमा निर्माण युनिट र अल्लु अर्जुन दुबैको तर्फबाट आधिकारिक धारण आउन बाँकी छ ।
‘जवान’को केही अगाडि एक लुक बाहिर आएको थियो । जसमा शाहरुखको अनुहार पुरै ब्याण्डेजले बाँधिएको थियो । एटली कुमारको निर्देशक रहेको यो एक्शन थ्रिलर फिल्ममा शाहरुखका अलावा नयनतारा, प्रियमणि र विजय सेतुपति मुख्य भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण