जितले खेलाडीको मनोबल बढ्यो : कप्तान पौडेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै सुखद् नतिजा निकाल्दा आफ्नो टोली निकै उत्साहित भएको बताएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलवार सम्पन्न विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाको खेलमा २ विकेटको रोमाञ्चक जितपछि बोल्दै कप्तान रोहितले जितबाट टोलीको हौसला बढेको बताएका हुन् ।
उनले लिग–२ मा सबै ठूलो लक्ष्य २ सय ८६ रन पूरा गर्दै इतिहास रचेकोमा खुसी पनि व्यक्त गरे । यो जितपछि खेलमा लय मिलेको र आगामी दिन यस लयलाई निरन्तरता दिनुपर्ने बताउँदै अभ्यासको क्रममा बनाएका रणनीतिलाई अवलम्बन गर्दा सफलता मिलेको बताए । डगआउटमा प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य पनि सजिलै मिलेको कप्तान रोहितले बताए ।
स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपालका लागि कुशल भुर्तेलले शतकीय पारी पनि खेले ।
कुशलको करियरमा पहिलो शतकीय पारी हो भने उनले ट्वान्टी–२० र एक दिवसीय खेलमा शतक पूरा गर्ने तेस्रो खेलाडी पनि बनेका छन् ।
शतक प्रहार गर्दै इतिहास बनाएका कुशलले खेलपछिको पत्रकार सम्मेलनमा खुसी रहेको प्रतिक्रिया दिए । लिग–२ मा बाँकी रहेका १२ खेलमा के गर्ने भन्ने योजना बनाइरहेको बेला पहिलो सफलताले टोलीलाई हौसला मिलेको बताए ।
नेपाली टोलीको एक दिवसीय मान्यता कायम रहने वा नरहने अवस्थामा प्रशिक्षकले दिएको जिम्मेवारीलाई पूरा गर्न कोशिस गरेको भन्दै कुशलले ओपनिङमा ब्याटिङ गर्न रुचाउने बताए । शतक पूरा गरेको अवस्थामा व्यक्तिगत हिसावमा खुसी भएपनि टोलीका लागि खुसी दिलाउन अन्तिमसम्म पु¥याउन नसकेकोमा दुखी भएको बताए ।
उता भ्रमणकारी टोली नामिबियाका कप्तान ग्रेहार्ड इरास्मस क्रिकेटको मज्जा नै प्रतिष्पर्धामा हुने गरेको बताउँदै खेलकै क्रममा धेरै कीर्तिमान पनि हुने गरेको बताए । ब्याटिङ पिच भएकाले दोस्रो इनिङलाई सहज भएको र घरेलु टोलीलाई समर्थकको साथले सुखद् नतिजा मिलेको उनले बताए ।
नेपाली टोली विगतमा ब्याटिङ पक्ष सुधारका लागि संघर्ष गरिरहेको तर अहिले केही सुधार भएको औंल्याए । नामिबिया कप्तान ग्रेहार्डले अहिलेको नेपाली टोलीले विकेट जोगाउँदै खेल्न अभ्यस्त हुन थालेको टिप्पणी गरे ।
त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ भने फागुन ६ गते नामिबियासँग दोस्रो खेल खेल्नेछ । बुधवार नामिबिया र स्कटल्याण्डबीच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण