शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एनआरएन दुबईका अध्यक्ष ढुंगानाले फिल्म ‘फाटेको जुत्ता खै’ निर्माण गर्ने

बुधबार, ०३ फागुन २०७९, ०९ : १६
बुधबार, ०३ फागुन २०७९

काठमाडौंँ । एनआरएन दुबईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र  एनआरएन केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीले नेपाली फिल्म निर्माण गर्ने भएका छन् । दुबईमा आयोजित ‘नेपाली सिनेमा फेस्ट २०२३’मा सहभागीका क्रममा ढुंगाना र अधिकारीले फिल्म बनाउन लागेको घोषणा गरेका हुन् । फेष्टाको तेस्रो दिन नेपाली फिल्मको प्रवद्र्वन र विदेशी बजार बिषयमा अन्तक्रिया भयो । सोही अवसरमा दुबैले निर्माता अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनसँग सहकार्य गरेर फिल्म निर्माण गर्न लागेको जानकारी दिए । दुबैले फिल्म ‘फात्तेको जुत्ता खै’ मा सहकार्य गर्न लागेका हुन् ।
सौगात मल्ल र रीचा शर्मा लगायतको मुख्य भुमिका रहने फिल्मको निर्देशन निकेश खड्का गर्न लागेका हुन् । निकेशले यस अगाडि ‘फात्तेको जुत्ता’ बनाएका थिए । त्यसैको सिक्वेलको रुपमा यो फिल्म बन्न लागेको हो । फिल्मको छायांकान अगामी बैशाखबाट सुरु हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप