सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रामजीको निर्देशन रहेको फिल्म ‘आराध्या’ सार्वजनिक

बुधबार, ०३ फागुन २०७९, ०९ : ४१
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । सट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । सञ्चारकर्मी रामजी ज्ञवालीको निर्देशन रहेको फिल्मले व्यस्त परिवार भित्र हुर्किरहेका बच्चाले बाबु आमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभावलाई देखाएको छ ।

ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायत झण्डै दर्जन सर्ट फिल्म र केहि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । फिल्ममा बाबुआमाले आफ्नो छोरीको जन्मदिन र विद्यालयको वार्षिकोत्सवमा समेत समय दिन नसकेपछि छोरीले आफैले आफैलाई जन्मदिनको शुभकामना दिएको दृश्यले धेरैको मन चसक्क पार्छ ।

अभिभावकहरू पेसा व्यवसायमा संलग्न भएको हरेक सहरिया परिवारको कथा सर्ट फिल्मले देखाएको र उनीहरूलाई सोच्न बाध्य पारेको निर्देशक ज्ञवालीले बताए ।

फिल्मको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन् । सर्ट फिल्ममा चर्चित अभिनेता आमिर गौतमले बुवाको र अभिनेत्री सुरविना कार्कीले आमाको अभिनय गरेका छन् भने बालकालकार द्रोस्टी शाहले छोरीको भूमिकामा खेलेकी छिन् । त्यसै गरी सफु बुढाथोकी, नारायण कँडेल, प्रान्जल पौडेल, सृष्टि भुसाल लगायतका कलाकारको अभिनय पनि सर्ट फिल्ममा देख्न सकिन्छ ।

एक हप्ता भन्दा धेरै समय लगाएर काठमाडौँ आसपासमा खिचिएको यो सर्ट फिल्म केहि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउँदा नेपालमा सार्वजनिक गर्न ढिला भएको निर्देशक ज्ञवालीको धारणा छ । 

इन्जिनियर सन्जितकुमार शाहको लगानी, विशाल निरौलाको म्युजिक तथा एरेन्ज रहेको सर्ट फिल्म राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप