ज्ञान निकेतन बास्केटबलको तयारी पूरा
_77bcdnY71f.jpg)
ज्ञान निकेतन स्कुलको आयोजनामा हुने २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
बिहीबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञान निकेतनले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
प्रतियोगितामा सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ७ र गल्र्समा ४ गरी १९ टिमको सहभागिता रहने ज्ञान निकेतनका निर्देशक एवं प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी गराए ।
ब्वाइज टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । गल्र्समा राउन्ड रोविन लिगमा खेल हुनेछ र लिगमा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले खोस्नै नसक्ने मानिसको क्षमता के हो ?
-
‘टिपर’ दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
प्रतिनिधिसभा बैठक : सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदै