ज्ञान निकेतन बास्केटबलको तयारी पूरा
ज्ञान निकेतन स्कुलको आयोजनामा हुने २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
बिहीबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञान निकेतनले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
प्रतियोगितामा सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ७ र गल्र्समा ४ गरी १९ टिमको सहभागिता रहने ज्ञान निकेतनका निर्देशक एवं प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी गराए ।
ब्वाइज टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । गल्र्समा राउन्ड रोविन लिगमा खेल हुनेछ र लिगमा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण