लोत्से मलका व्यापारीलाई क्षतिपूर्ति दिन महासंघको माग
बुधबार, ०३ फागुन २०७९, १३ : १४
काठमाडौँ । नयाँ बसपार्कका व्यवसायीलाई क्षतिपूर्ति दिन राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । सोमबार यातायात मजदुरले गरेको आन्दोलनका क्रममा नयाँ बसपार्कको लोत्से मलमा लुटपाट भएको थियो । लुटपाटबाट करोडौंको क्षतिपूर्ति भएको व्यवसायीले बताएका छन् ।
राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले लोत्से मलका व्यवसायीलाई क्षतिपूर्ति दिन माग गरेका छन् । उनले महासंघकातर्फबाट विज्ञप्ति निकाल्दै यस्तो माग गरेका हुन् । आन्दोलनकारीले साँझको समयमा लोत्से मलमा तोडफोड गरेर मोबाइल पसलमा लुटपाट गरेको भिडियोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् ।\
‘मजदुरले शान्तिपूर्णरुपमा आन्दोलन भइरहँदा मलमा अराजक समूहको प्रवेशका कारण व्यवसायीको कारोडौंको लटुपाट भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘उपत्यकामै लुटपाट हुनुमा सरकार दोषी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण