शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

प्रतिनिधिसभा बैठकमा उर्जा राज्यमन्त्री सिंहमात्रै देखिएपछि सांसद श्रेष्ठको नियमापत्ति

बुधबार, ०३ फागुन २०७९, १३ : ३७
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एक जना पनि मन्त्री नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।  बुधवार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा सांसद पूर्णबहादुर घर्तीले बोलिरहेका बेला प्रतिनिधि सभाको बैठकमा मन्त्री नभएकोप्रति ध्यानाकर्षण गराए । उनले भने– ‘संसद् चलेको बेलामा मन्त्री हुनुपर्नेमा यहाँ एक जना पनि मन्त्री हुनुहुन्न ।’

सभामुख घिमिरेले राज्यमन्त्री रहेको बताउँदै राज्यमन्त्रीले पनि मन्त्रीमण्डलको उपस्थिति जनाएको बताउँदै श्रेष्ठलाई बस्न आग्रह गरे ।  सांसद श्रेष्ठले राज्यमन्त्रीप्रति आफ्नो आपत्ति नरहेको बताउँदै– ‘संसद्मा मन्त्री भएन भने सरकार कसरी संसदप्रति जवाफदेही हुन्छ’ भन्दै प्रश्न गरे । 
सभामुखले बाहिर जानुपर्ने काम भएकोले गएको हुनसक्ने भन्दै पछि मन्त्री आउन सक्ने जवाफ दिए ।

हाल १९ सदस्यीय मन्त्रीमण्डल रहे पनि प्रतिनिधि सभाको बुधवारको बैठकमा राप्रपाका सांसद एवं उर्जाराज्यमन्त्री दीपकबहादुर सिंह मात्र उपस्थित रहेका छन् । मन्त्रीहरूका साथै विभिन्न दलबाट प्रतिनिधित्व गर्ने अन्य सांसदहरू पनि उपस्थित नहुँदा प्रतिनिधि सभाका कुर्सीहरू खाली भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप