शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका प्रदेश पदाधिकारी समेत केन्द्रीय सदस्य सरह हैसियत हुने

बुधबार, ०३ फागुन २०७९, १६ : ०१
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी केन्द्रीय सदस्य सरह हैसियत हुने भएको छ । 

प्रदेशका पदाधिकारी केन्द्रीय सदस्य सरह हैसियत हुने भएपछि केन्द्रीय समिति बैठकमा समेत सहभागी हुने भएका हुन् । सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरेर १० प्रदेश छन् । 

माओवादी केन्द्रमा पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति बैठकपछि प्रदेश पदाधिकारीलाई केन्द्रीय समिति सरह मान्यता दिएको एक प्रदेश अध्यक्षले बताए ।

 ‘पहिला प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको थियो । केन्द्रीय समिति बैठकमा सहभागिता जनाउँदै आएका थियौं’ ती प्रदेश अध्यक्षले भने, ‘अहिले प्रदेश पदाधिकारी ९ जनालाई केन्द्रीय सदस्य सरह मान्यता छ । सबै केन्द्रीय समिति बैठकमा सहभागी हुन पाइने भयो ।’ 

प्रदेशको अध्यक्ष भने तत्कालीन पार्टीको पोलिटब्यूरो सदस्य सरहको मान्यता दिएको ती अध्यक्षले बताए । यद्यपि माओवादी पोलिटब्यूरो सदस्य बन्न चाहने अकांक्ष धेरै भएपछि  गठन हुन सकेको छैन । 

यस्तै माओवादी प्रदेश र जिल्ला सह–इन्चार्जको व्यवस्था हटाएको छ । यस्तै जनवर्गीय संगठनको समेत सह–इन्चार्जको नराख्ने भएको छ । 

इन्चार्ज र अध्यक्ष हुँदाहुँदै सह–इन्चार्ज समेत हुँदा थप विवाद हुन थालेपछि हटाएको बताएको छ । अहिले माओवादीले प्रदेश, जिल्ला र स्थानीय पार्टी कमिटीलाई सक्रिय बनाएको छ । अब फागुन र चैत दुई महिना संगठन सुदृढिकरण अभियान चलाई राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप