माओवादीका प्रदेश पदाधिकारी समेत केन्द्रीय सदस्य सरह हैसियत हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रका सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी केन्द्रीय सदस्य सरह हैसियत हुने भएको छ ।
प्रदेशका पदाधिकारी केन्द्रीय सदस्य सरह हैसियत हुने भएपछि केन्द्रीय समिति बैठकमा समेत सहभागी हुने भएका हुन् । सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरेर १० प्रदेश छन् ।
माओवादी केन्द्रमा पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति बैठकपछि प्रदेश पदाधिकारीलाई केन्द्रीय समिति सरह मान्यता दिएको एक प्रदेश अध्यक्षले बताए ।
‘पहिला प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको थियो । केन्द्रीय समिति बैठकमा सहभागिता जनाउँदै आएका थियौं’ ती प्रदेश अध्यक्षले भने, ‘अहिले प्रदेश पदाधिकारी ९ जनालाई केन्द्रीय सदस्य सरह मान्यता छ । सबै केन्द्रीय समिति बैठकमा सहभागी हुन पाइने भयो ।’
प्रदेशको अध्यक्ष भने तत्कालीन पार्टीको पोलिटब्यूरो सदस्य सरहको मान्यता दिएको ती अध्यक्षले बताए । यद्यपि माओवादी पोलिटब्यूरो सदस्य बन्न चाहने अकांक्षी धेरै भएपछि गठन हुन सकेको छैन ।
यस्तै माओवादी प्रदेश र जिल्ला सह–इन्चार्जको व्यवस्था हटाएको छ । यस्तै जनवर्गीय संगठनको समेत सह–इन्चार्जको नराख्ने भएको छ ।
इन्चार्ज र अध्यक्ष हुँदाहुँदै सह–इन्चार्ज समेत हुँदा थप विवाद हुन थालेपछि हटाएको बताएको छ । अहिले माओवादीले प्रदेश, जिल्ला र स्थानीय पार्टी कमिटीलाई सक्रिय बनाएको छ । अब फागुन र चैत दुई महिना संगठन सुदृढिकरण अभियान चलाई राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण