अनेरास्ववियुमा सहमतिको प्रयासले निर्वाचन कार्यतालिका प्रभावित
काठमाडौं । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने तयारी थालिएको छ ।
प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा सहमतिको माध्यमबाट नेतृत्व चयनका लागि नेताहरू छलफलमा जुटिरहेका छन् । नेताहरू सहमतिको प्रयासमा जुटेपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।
निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको थियो । जसमा २ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका थियो । र उम्मेदवारहरूको फाराम वितरण २ः३० देखि ४ बजेसम्म गर्ने भन्ने थियो ।
नेताहरू सहमतिको प्रयासमा जुटेपछि अहिले सबै कार्यतालिका रोकिएको अनेरास्ववियुको नेताहरूले बताएका छन् ।
नेताहरूले निर्वाचन समितिलाई केही समय माग गरेका छन् । समय माग गरेपछि समितिले निर्वाचन कार्यतालिका अगाडि बढाउन सकेको छैन । सर्वसम्मत ढंगबाट नयाँ नेतृत्व चयन गर्ने तयारीमा नेताहरू जुटेका छन् ।
महाधिवेशन सम्पन्न गराउनको लागि ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरिएको छ । भानुभक्त ढकालको अध्यक्षतामा गठन गरिएको अध्यक्ष मण्डलले निर्वाचन समिति नयाँ नेतृत्व चयन गराउनको निर्देशन दिइसकेको छ । सोही आधारमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । तर, नेताहरू सहमतिको प्रयासमा जुटेपछि कार्यतालिका अनुसार अगाडि बढ्न सकेको छैन ।
हिजोबाट सुरु भएको महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । त्यस्तै विभिन्न ३ वटा आयोगका पदाधिकारी समेत महाधिवेशनबाट चयन गरिनेछ ।
देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी छन् । उनीहरूले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण