बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

बुधबार, ०३ फागुन २०७९, १७ : १९
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी फागुन १० गते बुधवारसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा सांसदहरूले शून्य तथा विशेष समयमा आफ्ना धारणा तथा जनताका समस्या प्रस्तुत गरेका छन् ।  साथै आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गरेका छन् । 

संसद्मा प्रारम्भिक छलफलपछि यो विधेयक संसदीय समितिमा दफावार छलफलका लागि जानेछ ।  यस्तै राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७८ विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा सर्व सहमतिले स्वीकृत भएको छ । सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदहरूका लागि ७२ घण्टाको समय दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप