सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियु महाधिवेशन : सहमति नजुटेपछि निर्वाचन प्रक्रिया सुरु, बिहिवार मतदान

बुधबार, ०३ फागुन २०७९, २० : ४९
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । अनेरास्ववियुको निर्वाचन प्रक्रिया अगाडि बढेको छ । नयाँ नेतृत्व चयनका लागि सहमतिका लागि भएका प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो ।  आज दिउँसो १ बजेदेखि नै निर्वाचन प्रक्रियाको कार्यतालिका थियो । तर, सहमतिका लागि नेताहरुले समय माग गरेपछि निर्वाचन कमिटीले कार्यतालिका अनुसार अगाडि बढ्न सकेको थिएन। 

निर्वाचन प्रक्रिया अगाडि बढेसँगै अहिले मनोनयन दर्ताको प्रक्रिया चलेको छ । अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । जसमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विक (महेन्द्र) रहेका छन् । त्यस्तै अन्य पदका लागि मनोनयन दर्ता गराउने प्रक्रिया जारी छ । 

मनोनयनको काम सकिएपछि दाबी विरोधको समय दिइनेछ । उम्मेदवारहरुमाथि उजुरी गर्नको लागि समय दिइनेछ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । 

भोलि बिहान ९ बजेदेखि मतदानको समय तोकिएको छ । आफ्नो मनोनयन दर्ता गराएसँगै उम्मदेवारहरुले महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न थालेका छन् । आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै उनीहरुले आफुलाई भोट दिन अपिल गर्न थालेका हुन् । 

फागुन २ गतेदेखि सुरु भएको अनेरास्ववियुको ३ औं महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिनेछ । त्यस्तै विभिन्न तीनवटा आयोगका पदाधिकारीहरु समेत निर्वाचित गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप