अनेरास्ववियु महाधिवेशन : सहमति नजुटेपछि निर्वाचन प्रक्रिया सुरु, बिहिवार मतदान
काठमाडौँ । अनेरास्ववियुको निर्वाचन प्रक्रिया अगाडि बढेको छ । नयाँ नेतृत्व चयनका लागि सहमतिका लागि भएका प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । आज दिउँसो १ बजेदेखि नै निर्वाचन प्रक्रियाको कार्यतालिका थियो । तर, सहमतिका लागि नेताहरुले समय माग गरेपछि निर्वाचन कमिटीले कार्यतालिका अनुसार अगाडि बढ्न सकेको थिएन।
निर्वाचन प्रक्रिया अगाडि बढेसँगै अहिले मनोनयन दर्ताको प्रक्रिया चलेको छ । अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । जसमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विक (महेन्द्र) रहेका छन् । त्यस्तै अन्य पदका लागि मनोनयन दर्ता गराउने प्रक्रिया जारी छ ।
मनोनयनको काम सकिएपछि दाबी विरोधको समय दिइनेछ । उम्मेदवारहरुमाथि उजुरी गर्नको लागि समय दिइनेछ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ ।
भोलि बिहान ९ बजेदेखि मतदानको समय तोकिएको छ । आफ्नो मनोनयन दर्ता गराएसँगै उम्मदेवारहरुले महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न थालेका छन् । आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै उनीहरुले आफुलाई भोट दिन अपिल गर्न थालेका हुन् ।
फागुन २ गतेदेखि सुरु भएको अनेरास्ववियुको ३ औं महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिनेछ । त्यस्तै विभिन्न तीनवटा आयोगका पदाधिकारीहरु समेत निर्वाचित गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण