डिजिटल भुक्तानी गर्दा एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंको दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनीमा किनमेल गरेर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।
सो सम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरे ।
उक्त समझदारी अनुसार एनआईसी बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले उक्त कम्पनीमा किनमेल गरेर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्ने बैंकको भनाइ छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण