अखिलमा ओलीको चाहना पुरा भएन, सहमति नजुटेपछि मतदान सुरु
काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो ।
यसअघि बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयासले गर्दा ढिलोगरी मतदान सुरु भएको हो ।
अध्यक्ष मण्डलका सदस्य खिमलाल भटरटाईका अनुसार तीन ठाउँबाट मतदान थालिएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान थालिएको हो ।
अध्यक्षका लागि ५ ले उम्मेदवारी दिएका छन् । जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन् ।
त्यस्तै उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । भने महासचिवका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । सचिव खुलातर्फ ४८ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिव महिला खुलातर्फका लागि १० जना र सचिव समावेशी तर्फका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमार्फत नेतृत्व चयन गर्न नेताहरूलाई सुझाएका थिए । महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको चितवन मोडल अपनाउन निर्देशन दिएका थिए । तर अखिलको नेतृत्वमा आकांक्षी धेरै हुँदा र अडान नछाड्दा अन्ततः मतदानमार्फत नै नेतृत्व चयन हुने भएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएकाले नतिजा एक घण्टाभित्रै आउने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण