बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नुवाकोटमा बस दुर्घटना, ३ जनाको मृत्यु

बिहीबार, ०४ फागुन २०७९, १७ : ५३
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१२ मा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बट्टारबाट धान्से जाँदै गरेको बा.२ ख. ८४५३ नम्बरको बस चैनपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए । 

दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको छ । डीएसपी खड्काका अनुसार मृत्यु हुनेमा विदुर–३ घर भएका ७३ वर्षीय बाबुराम नेपाली र विदुर–६ घर भएका ६८ वर्षीय रामप्रसाद अर्यालको पहिचान खुलेको छ । 

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप