नुवाकोटमा बस दुर्घटना, ३ जनाको मृत्यु
बिहीबार, ०४ फागुन २०७९, १७ : ५३
काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१२ मा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बट्टारबाट धान्से जाँदै गरेको बा.२ ख. ८४५३ नम्बरको बस चैनपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको छ । डीएसपी खड्काका अनुसार मृत्यु हुनेमा विदुर–३ घर भएका ७३ वर्षीय बाबुराम नेपाली र विदुर–६ घर भएका ६८ वर्षीय रामप्रसाद अर्यालको पहिचान खुलेको छ ।
दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण