स्कटल्याण्डद्वारा नेपाल सामु २ सय ७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट
काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा स्कटल्याण्डले नेपाल सामु जीतका लागि २ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो । स्कटल्याण्डका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै पारीलाई ठुलो योगफलतर्फ डोर्याएका थिए । उनले ८५ बलमा १०७ रन बनाए । उनीबाहेक ज्याक जार्भिसले २६ तथा ओपनर क्रिस्टोफर म्याकब्राइड र ब्रान्डन म्याकमुलेनले समान २२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले दुई विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेलले र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । नेपालले आफ्नो पहिलो खेलमा नामिबयामाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । स्कटल्याण्डले पनि यसअघि नामिबियालाई १० विकेटले हराइसकेको छ ।
लिगमा स्कटल्याण्ड ४८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल २० अंकसहित लिगको छैटौँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण