स्कटल्याण्डद्वारा नेपाल सामु २ सय ७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट
काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा स्कटल्याण्डले नेपाल सामु जीतका लागि २ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो । स्कटल्याण्डका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै पारीलाई ठुलो योगफलतर्फ डोर्याएका थिए । उनले ८५ बलमा १०७ रन बनाए । उनीबाहेक ज्याक जार्भिसले २६ तथा ओपनर क्रिस्टोफर म्याकब्राइड र ब्रान्डन म्याकमुलेनले समान २२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले दुई विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेलले र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । नेपालले आफ्नो पहिलो खेलमा नामिबयामाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । स्कटल्याण्डले पनि यसअघि नामिबियालाई १० विकेटले हराइसकेको छ ।
लिगमा स्कटल्याण्ड ४८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल २० अंकसहित लिगको छैटौँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती
-
हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल