डिशहोमको नयाँ कनेक्सन मात्र २९९९ मा

काठमाडौँ । डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । डिशहोमले आफ्नो ग्राहकहरूलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका ल्याएको हो । साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने अफर समेत सञ्चालन गरिरहेको छ ।
डिशहोमका डिलरहरू मार्फत फण्ड ट्रान्सफर तथा अनलाईन माध्यमबाट वार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरूले नगद रु एक लाख नगद उपहार यस अफर मार्फत जित्न सक्नेछन् ।
यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरू मार्फत फण्ड ट्रान्सफर वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत बोनस र रु २००० को रिचार्जमा २० प्रतिशत बोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर बिक्रेताहरू मार्फत ग्राहकहरूले फण्ड ट्रान्फरबाट वार्षिक रिचार्ज गरी थप बोनस योजनामा सहभागिता जनाउन सकिनेछ । साथै रिचार्ज कार्डबाट पनि बोनस प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक चालु अधिवेशनमै संसदमा लैजान्छौँ: सभापति खतिवडा
-
नेता र सांसदको गोजीबाट निस्कने ‘चिर्कटो’ अब योजना बैंकतिर
-
रोहित शर्मा भन्छन्, ‘टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नराम्ररी बुवाको गाली खाएँ’
-
अनुकूल न्यायाधीश खोज्ने प्रयास, चार पटक सारियो पेसी
-
ट्रम्प र मस्कबिचको चर्को बहसपछि घट्यो टेस्लाको शेयर
-
चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प