डिशहोमको नयाँ कनेक्सन मात्र २९९९ मा
काठमाडौँ । डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । डिशहोमले आफ्नो ग्राहकहरूलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका ल्याएको हो । साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने अफर समेत सञ्चालन गरिरहेको छ ।
डिशहोमका डिलरहरू मार्फत फण्ड ट्रान्सफर तथा अनलाईन माध्यमबाट वार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरूले नगद रु एक लाख नगद उपहार यस अफर मार्फत जित्न सक्नेछन् ।
यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरू मार्फत फण्ड ट्रान्सफर वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत बोनस र रु २००० को रिचार्जमा २० प्रतिशत बोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर बिक्रेताहरू मार्फत ग्राहकहरूले फण्ड ट्रान्फरबाट वार्षिक रिचार्ज गरी थप बोनस योजनामा सहभागिता जनाउन सकिनेछ । साथै रिचार्ज कार्डबाट पनि बोनस प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण