बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिउँसो ओली निवास बालकोट पुगेका हुन् । दुई नेताबीच अहिले भेटवार्ता भइरहेको छ ।
दुई नेताका बीचमा फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भइरहेको बुझिएको छ । सत्ता साझेदार दल माओवादी केन्द्र र एमालेबीच राष्ट्रपतिको उम्मेदवारबारे एकमत हुन सकेको छैन ।
प्रधानमन्त्री समेत रहेका प्रचण्ड सकभर राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने पक्षमा छन् भने अध्यक्ष ओली एमालेले उठाउने उम्मेदवारबाहेकमा राष्ट्रिय सहमति असम्भव हुने बताउँदै आएका छन् ।
एमालेले प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका नाममा पुस १० को सहमति बिर्सेर कांग्रेसलाई राष्ट्रपति दिन लागेको भन्दै सशंकित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण