बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिउँसो ओली निवास बालकोट पुगेका हुन् । दुई नेताबीच अहिले भेटवार्ता भइरहेको छ ।
दुई नेताका बीचमा फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भइरहेको बुझिएको छ । सत्ता साझेदार दल माओवादी केन्द्र र एमालेबीच राष्ट्रपतिको उम्मेदवारबारे एकमत हुन सकेको छैन ।
प्रधानमन्त्री समेत रहेका प्रचण्ड सकभर राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने पक्षमा छन् भने अध्यक्ष ओली एमालेले उठाउने उम्मेदवारबाहेकमा राष्ट्रिय सहमति असम्भव हुने बताउँदै आएका छन् ।
एमालेले प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका नाममा पुस १० को सहमति बिर्सेर कांग्रेसलाई राष्ट्रपति दिन लागेको भन्दै सशंकित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै